काठमाडौं । अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस (जुलाई ४) देशभर भव्य समारोहका साथ मनाएको छ।
न्यूयोर्क, वासिङ्टन डीसीसहित प्रमुख सहरहरूमा विशाल आतिशबाजी, सांगीतिक प्रस्तुति, परेड र हवाई प्रदर्शन (फ्लाईपास्ट) आयोजना गरेको छ ।
न्यूयोर्कको आकाश रंगीन आतिशबाजीले झिलिमिली बनेको थियो भने लाखौं नागरिक उत्सवमा सहभागी भएका थिए। अत्यधिक गर्मी र खराब मौसमका कारण केही स्थानका कार्यक्रम प्रभावित भएका छन्।
खराब मौसमका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष सम्बोधन निर्धारित समयभन्दा ढिलो सुरु भए पनि उनले कार्यक्रममा सहभागी हुने प्रतिबद्धता दोहोर्याएका थिए। आफ्नो दोस्रो कार्यकालमा परेको २५०औँ स्वतन्त्रता दिवसलाई ट्रम्प प्रशासनले विशेष प्राथमिकताका साथ मनाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
फोटो- एफपी/ रासस




















