२१ असार २०८३, आईतवार
,
Latest
लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ



अ+ अ-

काठमाडौं । थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकलाई प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको विमानस्थलस्थित लागूऔषध नियन्त्रण ब्युरो शाखाले आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित लगेज परीक्षणका क्रममा भारतको पश्चिम बंगालस्थित कोलकाताका ५७ वर्षीय हरि क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार क्षेत्रीले बोकेको सामानभित्र रहेको चकलेटको प्याकेटमा लुकाएर राखिएको थाइल्यान्डको २ किलो ८०० ग्राम गाँजा फेला परेको थियो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार क्षेत्री थाई एयरवेजको उडान नम्बर टीजी–३०९ मार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका थिए। प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा नेपाल हुँदै भारतको कोलकाता लैजाने योजना रहेको खुलेको ब्युरोले जनाएको छ।

प्रहरीले क्षेत्रीको पासपोर्ट र मोबाइल फोनसमेत नियन्त्रणमा लिएको छ। उनीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।