१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राष्ट्रपतिले दुई र प्रधानमन्त्रीले पाँच घण्टा टिका लगाइदिने



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका लगाईदिने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपतिले आज दिउँसो १ बजेदेखि २ बजेसम्म टीका लगाउन चाहने इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म अन्य व्यक्तिलाई टीका लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आज राष्ट्रपति भवन शीतलनिवासको गेट नं १ को टिका लगाउनेका लागि ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले ५ घण्टा टिका लगाइदिने
प्रधानमन्त्री केपी शर्मा ओेलीले आज पाँच घण्टासम्म शीर्ष नेता, मन्त्री, सांसद, विशिष्ट कर्मचारी तथा कार्यकर्तालाई टीका लगाइदिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ओलीले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टिका लगाइदिने कार्यतालिका रहेको छ ।