२५ असार २०८३, बिहीबार
,
Latest
नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल



अ+ अ-

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा पछिल्लो समय इजरायल जान लागेका नेपाली श्रमिकले भोगिरहेका समस्याका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी इजरायल जान इच्छुक श्रमिकका लागि गरिने स्वास्थ्य परीक्षण र भाषा परीक्षासम्बन्धी विषयमा दुवै पक्षबीच केन्द्रित छलफल भएको थियो।

मन्त्री यादव र राजदूत एरी बासले श्रमिकका समस्या समाधानका लागि निरन्तर संवाद र द्विपक्षीय भेटवार्ता जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले श्रमिकको हित र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक पहल अघि बढाउने बताएका छन्।

नेपालबाट इजरायलमा विभिन्न क्षेत्रमा रोजगारीका लागि जाने श्रमिकको संख्या बढ्दै गइरहेका बेला देखिएका व्यवहारिक समस्या समाधानका लागि दुई देशबीच समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि सहमति भएको जनाइएको छ।