२५ असार २०८३, बिहीबार
,
Latest
सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित संविधानको मर्ममाथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलग हुन… मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति सरकारलाई नेकपा सांसद हमालको प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ? साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग उजुरीकर्ता र प्रश्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँः रास्वपा सांसद बुर्लाकोटी सत्तारुढ रास्वपा सांसदले भनिन्ः किसानको आँशुको व्यापार नगर्नूस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपालको एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन सरकारलाई आग्रह गरेका छन्।

विहिबार जारी गरेको वक्तव्यमा उनले असार २२ (जुलाई ६, २०२६) मा तिब्बती आध्यात्मिक नेता दलाई लामाको जन्मजयन्ती मनाउन काठमाडौंको स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्न अनुमति दिइएको विषयप्रति आपत्ति जनाएका छन्।

खनालले उक्त निर्णयले नेपाल र चीनबिच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धमा नकारात्मक असर पर्न सक्ने दाबी गरेका छन्। उनले कार्यक्रममा अमेरिकी, फ्रान्सेली,  यूराेपियन यूनियन तथा अष्ट्रेलियाली राजदूतहरूको उपस्थिति पनि गम्भीर विषय भएको उल्लेख गरेका छन्।

वक्तव्यमा उनले नेपाललाई कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिनुपर्नेमा जोड दिँदै नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र असंलग्नताको सिद्धान्तअनुसार सञ्चालन हुनुपर्ने बताएका छन्। नेपालले दुवै छिमेकी चीन र भारतसँग सुमधुर, सन्तुलित र रचनात्मक सम्बन्ध कायम राख्नुपर्ने उनको भनाइ छ।

खनालले सरकारले विदेशी ऋण र वैदेशिक प्रभावका विषयमा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने उल्लेख गरेका छन्। नेपाली जनता आफ्नो मातृभूमिलाई कुनै पनि शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा वा द्वन्द्वको अखडा बनाउन नचाहने उनको धारणा छ।

वक्तव्यको अन्त्यमा उनले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय सहयोग विस्तार गर्नु नेपाल र नेपाली जनताको तत्कालीन तथा दीर्घकालीन हितमा हुने विश्वास व्यक्त गरेका छन्।