२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी प्रिमियर लिग क्रिकेट फागुनमा



अ+ अ-

कैलाली । सर्वाधिक पुरस्कार राशि भएको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र नेपाल क्रिकेट सङ्घको समन्वयमा हुने उक्त प्रतियोगिता आगामी फागुन ३ देखि १५ गतेसम्म संचालन हुने आयोजकका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो ।
विभिन्न छ शहरका छ फ्रेन्चाइज टोलीको सहभागिता रहने उक्त प्रतियोगिताको खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । अघिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले हात पारको थियो । त्यति बेलाको विजेता टोलीले रु ३० लाख पुरस्कार पाएको थियो ।