२६ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित



फाइल फोटो
अ+ अ-

बागलुङ। बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् ।

यस्तै, १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उहाँको भनाइ छ । सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्रता दिएको घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीहरूले हरेक वर्ष एचआइभी परीक्षण गर्दै आएका छौँ, अघिल्लो वर्ष २० हजारमा परीक्षण गर्दा १० जना सङ्क्रमित फेला पर्नुभएको थियो भने यस वर्ष आठ जनामा एचआइभी देखिएको छ । सङ्क्रमित हुनेहरू अधिकांश विदेशबाट फर्केर आएका छन् ।”

असुरक्षित यौन सम्पर्क, रगत लिँदा/दिँदा तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सर्ने उहाँको भनाइ छ । समाजमा लाञ्छना र भेदभाव हुने हुँदा सङ्क्रमित पहिचान गर्न समस्या हुने गरेको छ । रासस