२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वारेजको पक्कडमा बार्सिलोनाको शानदार जित



अ+ अ-

युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा दुवै गोल लुइस स्वारेजले गर्दै खेलका नायक बनेका हुन् । इन्टरलाई सुरुवाती अग्रता लाउटारो मार्टिनेजले खेलको तेस्रो मिनेटमा गोल गर्दै दिलाएका थिए । तर, दोस्रो हाफमा भने स्वारेजले आफ्नो पकड जमाए ।

खेलको ५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ गोलको विजयी प्राप्ती गरायो । बार्सिलोनाको यो पहिलो जित हो । जितसँगै समूह ुएफु को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा बस्न सफल रहेको छ ।

पहिलो बोरुसिया डर्टमण्ड विरुद्दको खेलमा बार्सिलोनाले गोलरहित बराबरी खेलेको थियो । यता इन्टर भने १ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा रहेको छ ।