२६ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार सरकारले सय दिन बितिसक्दा पनि रोजगारी अवसर सृजना गर्ने कुनै कार्ययोजना ल्याउन सकेनः खुश्बु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन ‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री गणेश नेपालीको मृत्युपछि संसद्मा भावुक बने गृहमन्त्री सुधन गुरुङ ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा पुनको प्रश्न : प्रेम आचार्यको आत्मदाहमा राज्यलाई दोष दिने बालेन, गणेश नेपालीको घटनामा पनि उही बुझाइ छ ?



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको पुरानो अभिव्यक्ति स्मरण गराउँदै संसद्मा प्रश्न उठाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पुनले २०७९ माघ १० गते संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यको घटनापछि बालेन शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटस उद्धृत गर्दै अहिले पनि त्यही धारणा कायम छ कि छैन भनेर प्रश्न गर्नुभयो ।

त्यसबेला बालेनले ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठूलो कारण राज्य हो । र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो’ भन्दै सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

उक्त अभिव्यक्ति उद्धृत गर्दै पुनले अहिले गणेश नेपालीको घटनालाई लिएर पनि बालेनको बुझाइ उस्तै रहेको हो वा होइन भन्ने प्रश्न गर्नुभयो ।

मुगुको सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

भक्तपुरमा श्रीमती र छोरीसँग बस्दै आएका नेपाली राइड सेयरिङ एपमार्फत राइडरका रूपमा काम गर्दै आएका थिए । आफूले पार्किङमा राखेको मोटरसाइकल महानगर प्रहरीले ह्विल लक लगाएर लैजान खोजेपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

यस घटनालाई लिएर प्रतिनिधिसभामा अन्य विपक्षी दलका सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन, जिम्मेवारी निर्धारण तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन्।