२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने : प्रशिक्षक



अ+ अ-

लिड्स । इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताउनुभएको छ ।

टिमका अनुभवी खेलाडी रोमेलु लुकाकु र अलेक्सिस सान्चेज टिमबाट बाहिरिएसँगै म्यान्चेस्टरको अग्रपंक्ति कमजोर बनेको छ । प्रशिक्षक सोल्सजारले क्लबमा प्रतिभाशाली खेलाडी भएपनि पछिल्ला केही खेलमा गोल गर्न नसकिएको भन्दै अग्रपंक्तिका खेलाडी भित्र्याउनेतर्फ विचार विमर्श थालिएको जानकारी दिनुभयो ।

उहाँले हामी खेलामा केही नयाँपन ल्याउन चाहेका छौं, र हामीले केही लामो समयको करारमा खेलाडी भित्र्याउन खोजेका छौं भन्नुभयो ।

म्यान्चेस्टर युनाइटेडले युभेन्टसका मारियो मान्जुकी र पाउलो डिबाला, बोरुसिया डर्टमन्डका जाडोन सान्चो र एथ्लेटिक बिल्बाओका इनाकी विलियम्सलाई ल्याउन प्रयास गरिरहेको छ ।

युनाइटेड हाल प्रिमियर लिगमा ११औं स्थानमा छ । सोमबार युनाइटेडको खेल आर्सनलसँग हुँदैछ ।