२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिम्स्बी विरुद्द ७ गोल गर्दै चेल्सी चौंथो चरणमा



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा लिग टु क्लब ग्रिम्स्बी टाउनलाई ७–१ गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा पुगेको हो । चेल्सीलाई फराकिलो जित दिलाउन मिची बात्सुआईले दुई गोल गरेका थिए ।

यस्तै रोस बार्क्ली, पेड्रो रोड्रिगेज, कुर्ट जौमा, रिसी जेम्स र कलुम हड्सनले एक एक गोल गरे । ग्रिम्स्बीका माथ्यु ग्रीनले सान्त्वना गोल फर्काएका थिए । स्टामफोर्ड ब्रिजमा चेल्सीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरी जम्मा ७ गोलको मजा ग्रिम्स्बी टाउनलाई चखाएको थियो ।

चौंथो चरणको खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ । युनाइटेड लिग वान क्लब रोचडेललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड चौंथो चरणमा पुगिसकेको छ ।