२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालियन सिरी ए: युभेन्टसको ब्रेसियामाथि कठिन जित



अ+ अ-

काठमाडौं । इटालियन सिरी ए फुटबलमा डिफेन्डिङ च्याम्पियन युभेन्टसले ब्रेसियामाथि कठिन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले २–१ गोलको अन्तरले ब्रेसियालाई पराजित गरेको हो ।

युभेन्टसलाई जित दिलाउन मिरलेम पिजानिकले गोल गरे । जोहन चान्सलरले आत्मघाती गोल गरेपछि युभेन्टसले एक गोल भने उपाहार स्वरुप पाएको थियो । यता, ब्रेसियाका लागि भने अल्फ्रेडो डुनारुम्माले गोल गरेका थिए । अल्फ्रेडोले खेलको चौथो मिनेटमा नै गोल गर्दै ब्रेसियाका लागी अग्रता गोल दिलाएका थिए ।

तर खेलको ४० औं मिनेटमा ब्रेसियाका चान्सलरले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुग्दा युभेन्टस १–१ गोलको बराबरीको स्थितिमा आएको थियो ।तर खेलको ६३औं मिनेटमा पिजानिकले गोल गर्दै युभेन्टसको लागी जित सुनिश्चित गरे ।