२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटान र माल्दिभ्स खेल्दै, नेपालको भाग्य चम्किएला त ?



अ+ अ-

काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको पाचौं दिन आज (मंगलबार) भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा हुने भुटान र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, भुटान र माल्दिभ्सबीचको खेल भने केहि रोमाञ्चक हुनेछ ।

भुटान माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनल पुग्न चाहन्छ । यस्तै माल्दिभ्स पनि भुटानलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ । तर भुटान यस अघिनै सेमिफाइनल पुगिसकेको छ र अब माल्दिभ्स र नेपाल मध्ये एक टिम मात्र सेमिफाइनलमा पुग्नेछन् ।

समूह ‘ए’ मा रहेको भुटान र माल्दिभ्सबीचको खेल नेपालका लागि सबैभन्दा बढी महत्वपूर्ण रहेको छ । यस खेलले नेपालको सेमिफानलको खेललाई पक्का गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा भुटानसँग ३–० गोलले पराजित भईसकेको छ ।