२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनिस ला–लिगा: बार्सिलोनाको २५ बर्ष यताकै खराब नतिजा



अ+ अ-

काठमाडौं । स्पेनिस ला–लिगामा बार्सिलोना पराजित भएको छ। शनिबार राति भएको खेलमा ग्रानडासंग बार्सिलोना २–० गोल अन्तरले पराजित भएको हो। हारले बार्सिलोना २५ वर्ष यताकै खराब नतिजाबाट गुज्रिएको छ । ग्रानडाले दोस्रो मिनेटमै रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो। दोस्रो गोल भने ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमार्फत गरेका थिए।

लियोनल मेसिका लागि यस सिजनको ला–लिगा पहिलो खेल हो । तर, हारबाट जोगाउन उनी पनि सफल रहे। प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले लियोनल मेस्सी र अंशु फातीलाई दोस्रो पहिलो हाफ पछिमात्र मैदानमा उतारेका थिए।

बार्सिलोनालाई पराजित गरि ग्रानाडा यो जितसँगै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले पाँच खेलबाट १० जोडेको छ। यस्तै समान खेल खेलेको बार्सिलोना भने ७ अंक सहित सातौं स्थानमा छ । जस्ले गर्दा बार्सिलोनाका लागि पछिल्ला २५ बर्ष यता कै यो खराब नतिजा साबित भएको छ ।