२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरखोला लघुजलविद्युत पुनःनिर्माण



अ+ अ-

म्याग्दी । चार वर्षअघि पहिरोले क्षति पुर्याएपछि बन्द भएको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएको छ । विसं २०७२ साउनमा जुगेपानीको पहिरोले नहर बगाएपछि र विद्युत्गृहमा क्षति पुगेपछि २५ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकाको सहयोगमा पुनःनिर्माण भएको परियोजनाको क्षमता बढाएर ४२ मेगावाट बनाइएको छ । विसं २०७५ चैतदेखि शुरु भएको पुनःनिर्माण सकिएपछि भदौ अन्तिम हप्तादेखि बिजुली बलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए ।

“बाँध, नहर, विद्युत्गृह नयाँ ठाउँमा बनाइएको छ”, उपाध्यक्ष छन्त्यालले भने, “पुराना काठका जोखिमयुक्त पोल फेरिएको छ, मुख्य र वितरण लाइनको तार पुरानै हो ।” परियोजना पुनःनिर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८६ लाख, गाउँपालिकाले रु ५० लाख विनियोजन गरेका थिए । कूल लागतको १० प्रतिशत उपभोक्ताको श्रमदान छ । उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएपछि लुलाङ, खोरिया, मरेनी र लमसुङका ३४० घरधुरी लाभान्वित भएका जानकारी दिए ।

लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो । “ठूलो सङ्घर्ष, श्रम र अथक प्रयासपछि बिजुली बाल्न सफल भयौँ”, अध्यक्ष पुर्जाले भन्नुभयो, “परियोजना सञ्चालन भएपछि गाउँ झिलीमिली भएको छ ।” खबाङको दोभानमा बाँध रहेको परियोजनामा ७२५ मिटर लामो पाइपलाइनमार्फतमा ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गरिएको छ ।

मरेनीको फेदी र दरखोलाको किनारमा विद्युत्गृह बनाइएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताए । तत्कालै केन्द्रीय लाइनको विद्युत् पु¥याउन सम्भव नदेखिएकाले लघुजलविद्युत् बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । “यो गाउँपालिकाको गौरवको आयोजना हो”, उनले भने, “भविष्यमा केन्द्रीय प्रसारण लाइनका लागि समेत प्रयोग गर्न मिल्ने विद्युत्का पोल राखेका छौँ ।”

उज्यालोका लागि सौर्यबत्ती र टुकी बाल्नुपर्ने अवस्था हटेको स्थानीयवासी टेकलाल रसाइलीले बताए । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित भएका छन् । मोबाइल चार्ज गर्न, टिभी हेर्न, रेडियो सुन्न सहज भएको वडाध्यक्ष गमप्रसाद विकले बताए ।




भर्खरै