२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक



अ+ अ-

रुपन्देही । रुपन्देहीका उद्योगीहरुले रुपन्देहीलाई औद्योगिक हब बनाउन नीतिगत तथा संस्थागत सुधारका कार्यक्रम तत्काल लागू गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकमा बढ्दो अविश्वासको वातावरणको अन्त्य गर्दै उद्योगमैत्री वातावरण निर्माणका लागि सरकारलाई सुझाव दिएका छन् ।

शनिबार बुटवलमा अवधारणा सार्वजनिक गर्दै उद्योगीहरुले यस क्षेत्रको औद्योगिक तथा आर्थिक विकासका लागि निजी क्षेत्रको सहभागितामा आयात प्रतिस्थापन गर्ने लक्ष्यसहितको उद्योगहरुको स्थापना गर्न लाग्नुपर्ने सुझाव दिए । राज्यका गलत नीतिका कारण र औद्योगिक विकास कसरी गर्न सकिन्छ भनेर ठोस रणनीति बनाउन नसक्दा आर्थिक समृद्धि धेरै पछाडि परेको उनीहरुले गुनासो गरे ।

औद्योगिक विकासको लागि रुपन्देही उद्योग सङ्घको अवधारणा सार्वजनिक कार्यक्रममा प्रस्तुत अवधारणापत्रमार्फत सो सुझाव र गुनासो गरिएको हो । सरकारका पूर्वसहसचिव विष्णुप्रसाद ढकालले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा औद्योगिक र आर्थिक विकास निजी क्षेत्रको सहभागिताबिना सम्भव नभएको दाबी गर्दै कृषिको निर्भरता कम गर्ने, उपलब्ध प्राकृतिक तथा भौतिक स्रोत साधनको उपयोग गर्दै उद्योगहरु सञ्चालन गर्ने योजना बनाउन भनिएको छ ।

अवधारणापत्रमा उद्योग स्थापनाका लागि उचित वातावरणको आवश्यकता पर्ने हुँदा आयातमुखी अर्थव्यवस्थालाई आत्मनिर्भर बनाउन उत्पादनशील अर्थतन्त्र बनाउने नीति कार्यान्वयन गर्दै नेपाललाई सशक्त औद्योगिक मुलुकका रूपमा रुपान्तरित गराउने कार्यको थालनी गर्न सुझाव दिइएको छ । त्यसका लागि राज्य र निजी क्षेत्रबीच दरिलो प्रतिबद्धता र नेपालको औद्योगिक विषयसँग सम्बन्धित नीति/नियमहरूको सुधार तथा दीर्घकालीन सोच बनाउन बुँदागतरूपमा तर्क राखिएकोे छ ।

कार्यक्रममा बोल्दै प्रदेश नं ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश सरकारको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नका लागि सहयोगी बन्न आग्रह गरे। उनले अब अस्थिर राजनीतिलाई देखाएर प्रगति र समृद्धिको बाटोमा अगाडि बढ्ने कुरा रोक्ने छुट नभएको बताउँदै सरकारले गर्नुपर्ने कामका बारेमा खाका बनाएर दिन आग्रह गरे । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले वर्तमान ढाँचामा सञ्चालन गरिएका उद्योगहरुले प्रतिस्पर्धात्मक बजारमा टिकाइराख्न गाह्रो पर्ने हुँदा नयाँ मोडेलको विकास गर्न आग्रह गरे ।

प्रदेश सरकारले गर्नुपर्ने काम रुपन्देही उद्योग सङ्घले गरेकामा धन्यावाद दिँदै उनले उद्योग क्षेत्रलाई रोजगारी सिर्जना गर्ने क्षेत्रका रुपमा विकास गर्न त्यसलाई समृद्धिको खम्बा बनाउन आग्रह गरे । सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्योगमैत्री वातावरण निर्माण भएको खण्डमा उद्योगको स्थापना र विकाससँगै सम्भावना भएका पर्यटन, कृषि र खनिजजन्य उद्योगमा लगानी बढ्ने बताए ।