२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत



अ+ अ-

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक कमलेश निरौलालाई स्वागत गरेका थिए ।

दुबईमा आइतबार सम्पन्न फाइनल खेलमा प्रिन्सले विश्वको नवौँ बरियताका खेलाडी भारतका वरुण कपुरलाई २–० सोझो सेटमा पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले वरुणलाई कपुरलाई २१–१९ र २१–१९ अङ्कले हराएका थिए । प्रिन्सले उक्त प्रतियोगितामा यु–१९ मिक्स डबल्स र यु–१९ ब्वाइज डबल्समा समेत नेपाललाई रजत पदक दिलाएका छन् ।