९ असार २०८३, मंगलवार
,
Latest
ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने ‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’ रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर दुर्घटना : दुईको मृत्यु, ५ जना घाइते



अ+ अ-

कपिलवस्तु । बपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राती जिल्लाको जितपुरबाट कोपवातर्फ जाँदै गरेको लु३त ७२७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको भएकोृहो । ट्याक्टरमा सवार अन्य ५ जना भने घाइते भएका छन् ।

दुर्घटनामा वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि बुटवल ल्याएको छ ।

सामान्य घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।