९ असार २०८३, मंगलवार
,
Latest
ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने ‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’ रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क आँखा शिविरबाट ५७६ वृद्धवृद्धाले लिए सेवा



अ+ अ-

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् ।

ती मध्ये ७० जनामा मोतियाविन्दुको समस्या देखापरेको छ भने छ जनामा आँखाभित्र मासु पलाएको समस्या देखापरेको लायन्स क्लब अफ अत्तरिया सिटीका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।

उनका अनुसार मोतियाविन्दु र मासु पलाएको समस्या देखापरेकाहरुको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको छ । अन्य आँखाका बिरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको अध्यक्ष अधिकारीले बताए ।