९ असार २०८३, मंगलवार
,
Latest
ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप, संसदमा प्रतिवाद गर्ने ‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’ रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ किलो चरेस र १२ किलो गाँजासहित ५ जना पक्राउ



अ+ अ-

हेटौडा । चरेस र गाँजासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय नागरिक र दुई मकवानपुरका छन् । ४ किलो ९ सयग्राम चरेससहित प्रहरीले भारत मुजफपुर जिरोमाइलका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत विहारका शिवहरी तरिहानीका २४ वर्षीय राजु महतो पक्राउ परेका हुन ।

हेटौडा उपमहानगरपालिका—१५ रातोमाटे चौकीमा प्रहरीले हेटौडावाट वीरगन्जतर्फ गइरहेको बिआर ०१ पिएफ ७९९८ नम्बरको भारतीय कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र चरेस फेला परेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । कारभित्र फल्स बटम बनाएर १० वटा प्लाष्टिकको पोकामा चरेस लुकाएर ल्याएका थिए । भारतमा लगेर बिक्री गर्नका लागि धादिङको सिम्लाङबाट चरेस खरिद गरेर ल्याएको प्रहरी समक्ष उनीहरुले बताएका छन् ।

यसैगरी प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका—४ कालिका दोभानबाट १२ किलो ४ सयग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–८ का २६ वर्षीय राजकुमार थिङ र २१ वर्षीय दिपेश थिङ रहेका छन् ।

कालीका दोभानमा झोला बोकेर हिडिरहेको अवस्थामा कान्द्राङका प्रहरीले शंका लागेर झोला तलास गर्दा राजकुमारको झोलामा ४ केजी ८ सयग्राम र दिपेशको झोलामा ७ केजी ६ सयग्राम गाँजा फेला परेको प्रहरी उपरिक्षक सिंहले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।