२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यालय खोल्दै त्रिपाठी



अ+ अ-

काठमाडौं । नेकपासँग सहकार्य गरी निर्वाचनमा भाग लिएका हृदयेश त्रिपाठीले काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने तयारी गरेका छन्। राजपा नेपालसँग असन्तुष्ट बनेपछि त्रिपाठी ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएर तत्कालीन एमालेसँग सहकार्य गरी निर्वाचनमा भाग लिएका थिए।

त्यसयता उनी नेकपामा जाने पटक–पटक चर्चा चले पनि मंगलबार बसेको उनको समूहले काठमाडौंमा पार्टी कार्यालय खोल्नुको साथै जिल्ला र प्रदेश तहमा स्वतन्त्र राजनीतिक समूहकै नाममा संगठन बनाउने निर्णय गरेको हो।

दसैंअगाडि काठमाडौंमा सम्पर्क कार्यालय खोल्ने र त्यसलगत्तै समूहको नाममा ७७ वटै जिल्लामा संयोजक तोकिने मंगलबारको बैठकपछि नेता त्रिपाठीले जानकारी दिए। उनले जिल्ला तहमा संयोजक तोकेपछि प्रदेश स्तरमा संयोजक तोकेर समिति गठन गर्ने बताए। प्रतिनिधिसभा र प्रदेशसभामा दुई–दुई सांसद रहेको यो समूहले नेकपा संसदीय दलको ह्विप भने मान्नुपर्ने हुन्छ।

त्रिपाठीले चुनावी तालमेल भए पनि नेकपासँग आफ्नो राजनीतिक लगाव नभएको दाबी गरेका छन्। आफूहरू स्वतन्त्र राजनीतिक समूहकै नाममा संगठन विस्तार गर्न लागेको र आवश्यक परे दल दर्ता गर्ने सम्भावना रहेको पनि बताए। ‘हामी अहिले नै दल दर्ता गर्दैनौं’, त्रिपाठीले भने, ‘तर सम्भवना छैन भन्ने होइन। आवश्यक परे दल दर्ता हुन पनि सक्छ।’

त्रिपाठी समूहले किसान र कृषिसँग सम्बन्धित १७ वटा मागसमेत अघि सारेको छ। उक्त माग प्रधानमन्त्रीका साथै प्रमुख राजीतिक दलका अध्यक्षलाई चाँडै बुझाउने त्रिपाठीले जानकारी दिए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।