९ असार २०८३, मंगलवार
,
Latest
गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप: रोनाल्डोको चार गोल, पोर्चुगलको सहज जित



अ+ अ-

काठमाडौं । युरो कप छनोट फुटबलमा पोर्चुगलले कमजाेर मानिएकाे पूर्वी युराेपकाे लिथुनियालाई सहजै पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

लिथुनियालाई पराजित गर्ने क्रममा कप्तान क्रिष्टियानो रोनाल्डोले चार गोल गरे । त्यस्तै, विलियन कार्भाल्होले एक गोल गरे । यता, लिथुनियाका लागि आन्द्रेयुस केविसियसले गोल फर्काएका थिए ।

खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै घरेलु टोली लिथुनियाविरुद्ध अग्रता बनाए । तर खेलको २८औं मिनेटमा लिथुनियाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्‍याएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।

दोस्रो हाफमा आक्रमक खेल खेलेको पोर्चुगलका लागि खेलको ६१औं र ६५औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे । त्यस्तै, खेलको ७६औं मिनेटमा अर्को गोल थप्दै रोनाल्डोले पोर्चुगलका लागि ४–१ गोलको अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ गोलको जित दिलाए ।