२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बासस्थान अभावका कारण अति दुर्लभ रेडपान्डा सडकमै भौंतारिन थाल्यो



अ+ अ-

दोलखा । विश्वकै अति दुर्लभ र संरक्षित जनावर रेडपाण्डा सडक बनाउँदै गर्दा डोजरकै अघिअघि कुद्यो । उक्त दृश्य डोजर अप्रेटर पासाङ शेर्पाले सामाजिक सञ्जालमा पोस्ट गरेपछि गौरीशंकर संरक्षण क्षेत्रभित्र हल्लिखल्ली मच्चियो ।

रेडपाण्डा अचाक्ली बढ्दै गएको हो वा बासस्थान अतिक्रमणको चपेटाले हो भन्ने द्विविधामा संरक्षण क्षेत्रका अधिकारी परे । नेपाल, भारत, भुटानमा एक हजार जति रेडपाण्डा भएको अनुमान छ । तीमध्ये नौ वर्षअघि गरिएको सर्भेक्षणले ३० देखि ४० को हाराहारीमा गौरीशंकर संरक्षण क्षेत्रको मार्वु र चंखुमा भएको देखिएको हो । यो जनावर २५ सयदेखि ४८ सय मिटरसम्म पाइएको तथ्यांक छ ।

मार्वुमा जलविद्युत् आयोजना सञ्चालनका लागि सडक निर्माण भइरहेको छ । उक्त क्षेत्रमा रेडपाण्डा हिँडिरहेको दृश्यसहित केही समयअघि भिडियो नै खिचिएको लाक्पा शेर्पा बताउँछन् । संरक्षण क्षेत्र व्यवस्थापन समिति सचिवसमेत रहेका लाक्पाका अनुसार रेडपाण्डालाई असर परेको छ। ‘रेडपाण्डा अचेल मेसिनको आवाज र मानिससँग घुलमिल हुन थालिसके,’ उनले भने ।
संरक्षण क्षेत्र घोषणा भएपछि जंगली जनवारहरूको वृद्धिसँगै रेडपाण्डा पनि बढेको अनुमान उनको छ । ‘उक्त क्षेत्रमा सय जतिको हाराहारीमा रेडपाण्डा भएको हुन सक्छ,’ सचिव लाक्पाले भने । संरक्षण प्रमुख सत्यनारायण साहले रेडपाण्डाको बासस्थान क्षेत्र सडक विस्तार र हाइड्रो पावरले हडप्दै गएकोले खतरा पनि बढ्दै गएको बताए । हाल उक्त क्षेत्रमा तीनवटा जलविद्युत् आयोजना सञ्चालित छन् ।

संरक्षण क्षेत्रले असोज ४ मा ‘रेडपाण्डा जोन’ घोषणा गर्दै छ । उक्त क्षेत्रमा रेडपाण्डाको बासस्थान जोगाउन अभियान पनि चलाउने उनले बताए । सडक र जलविद्युत् निर्माणस्थलमा रेडपाण्डा देखिन थालेको जानकारी आएपछि बासको सुरक्षा कार्यक्रम लागू गर्न लागेको उनले जनाए । एक कार्यक्रममा संघीय सांसद पार्वत गुरुङले रेडपाण्डाको ऊर्वर क्षेत्र भएकाले मार्व र चंखुमा प्रजनन् केन्द्र बनाउन सुझाएका थिए ।

रेडपाण्डा बाँस र निगाला घारी रुचाउँछ । उक्त जनावरले निगालाका कलिला मुनाहरू बढी खान रुचाउँछ । त्यसैले बाँस र निगाला रोप्ने कार्यक्रम व्यापक बनाइने संरक्षण प्रमुख साहले बताए । जलुविद्युत् आयोजना र सडक निर्माणलाई रोक्न सकिँदैन तर जलविद्युत् आयोजनाहरूले पर्यावरण जोगाउन लगानी र भूमिका खेल्न सक्ने उनी बताउँछन् ।

रेडपाण्डा लजालु, शान्त र भाग्न नसक्ने खालको हुन्छ । त्यसैले उक्त प्रजातिको जीवनचक्र जोखिममा पर्दै गएको छ । जोखिम अवस्थाबाट जोगाउन राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐनअनुसार उक्त जनवार चोरी सिकारी गरेमा पाँचदेखि १५ वर्षसम्म कैदको व्यवस्था छ । कडा कानुन भए पनि गतवर्ष उक्त क्षेत्रबाट रेडपाण्डा ओसारपसार गरेको अभियोगमा चंखुका छोटी शेर्पालाई जिल्ला वन कार्यालयले मुद्दा चलाएको थियो । वन्यजन्तु अन्तर्राष्ट्रिय व्यापार महासन्धिअनुसार उक्त जनावर बेचबिखन र ओसारपसार गर्न बन्देज लगाइएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।