९ असार २०८३, मंगलवार
,
Latest
रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी



अ+ अ-

भक्तपुर । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालकहरुले तीन तहको कर र अनिवार्य स्थायी लेखा नम्बर (प्यान) ले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सङ्कटमा परेको बताएका छन् । भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको आज यहाँ भएको पाँचौँ वार्षिक साधारणसभामा व्यवसायीहरुले यस्तै अवस्था रहे व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासङ्घका केन्द्रीय अध्यक्ष लीला जिसीले साना व्यवसायीलाई करको चाङ थोपरिएको आरोप लगाए । व्यवसायीलाई सेवा र सुविधा नदिने तर तीन तहको तेब्बर कर तिर्नुपर्ने बाध्यात्मक अवस्थाले व्यवसाय नै धराशायी बनेको बताउँदै उनले पार्टी प्यालेसहरुमा कार्यरत एक लाख ५० हजार मजदुरको रोजगारीसमेत धरापमा परेको बताए ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्योग–व्यवसायलाई सरकारले सेवा सुविधा थपेर प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्ने काम हुन नहुने बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष सचिन श्रेष्ठले भक्तपुरमा निर्माण भइरहेको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको भवन निर्माणका लागि रु एक लाख ५० हजार सहयोग रकम भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गरे। साथै, उनले महासङ्घको अक्षयकोष स्थापनाका लागि रु ५० हजार प्रदान गर्ने घोषणा गरे ।