९ असार २०८३, मंगलवार
,
Latest
स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजारः नेप्से घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ । अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर २ बजेर २० मिनेटसम्म एक हजार १७२.८२ मा पुगेको थियो । पुनः नेप्से ओरालो लागेर बजार बन्द हुँदा एक हजार १६६.६७ मा सीमित भयो ।

नेप्से घटेपनि ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२१ बिन्दुले बढेर २५५.५७ मा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत सस्तैमा समेटिएको छ । कूल १७२ कम्पनीको नौ लाख ९२ हजार १२२ कित्ता शेयर रु २३ करोड ७९ लाख ५९ हजार ६५३ मूल्यमा खरीद बिक्री भएको छ ।

स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । होटल २८.८७, विकास बैङ्क २.०६, निर्जीवन बीमा २२.८२ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढ्दा बैङ्किङ १.७५, व्यापार ०.०१, जलविद्युत् ८.०२, वित्त ३.०१, उत्पादन १६.६६, अन्य १.७८, लघुवित्त ४.१२ र जीवनबीमा २६.२१ ले घटे । कारोबारका आधारमा आज कुमारी बैङ्क शीर्ष स्थानमा रह्यो ।

सो बैंकको रु एक करोड २५ लाख ९९ हजार ८२९ बराबरको शेयर खरिदबिक्री भयो । यस्तै एनआइसी एसिया रु एक कारेड २३ लाख दुई हजार ४०६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड आठ लाख ३६ हजार ३९७, कृषि विकास बैङ्क रु ९० लाख ३९ हजार ३६६, नेपाल बैङ्क लिमिटेड रु ८६ लाख १८ हजार ९४५ र रसुवागढी जलविद्युत् कम्पनीको रु ७४ लाख ४९ हजार बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ६.७२ प्रतिशतले कमाउँदा माउन्टेन हाइड्रो ६.०२, नविल इक्विटी फण्ड ५.९१, साङ्ग्रीला डेभलपमेन्ट बैङ्क ४.२९ र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.७५ प्रतिशतका दरले कमाए ।

यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ४.४६, अरुण काबेली पावर ४.१०, कञ्चन डेभलपमेन्ट बैंक ३.८०, युनिभर्सल पावर कम्पनी ३.७५ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.५४ प्रतिशतले गुमाए ।