९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवा तस्करद्धारा सांसद डा. सूर्य पाठकलाई धम्की



अ+ अ-

बागलुङ । बालुवा तस्करहरुले बागलुङ क्षेत्र नम्वर १ बाट प्रतिनिधित्व गर्ने सांसद डा. सूर्य प्रसाद पाठकलाई धम्की दिएका छन् । सासंद पाठकले कालीगण्डकीमा भएको बालुवा तस्करीको बिषयमा संसदमा बोलेपछि तस्कारहरुले धम्की दिएका हुन् ।

पाठकले आफ्नो फेसबुक टाइमलाइन मार्फत आफु माफियाहरुसंग लड्दा कहिले ठेक्दार र कहिले बालुवा तस्कारले धम्कि दिएको वताएका छन् । पाठकले माफियाहरुले प्रहरी प्रशासन समते हातमा लिएको उल्लेख गरेका छन् । पाठकले आफ्नो सुरक्षाको बारेमा समेत खुलेर लेखेका छन् । उनले ‘म कहिलै प्रहरीसंग सुरक्षा माग्दिन, प्रहरी अघिपछि लागेर हिड्दिन्’ । पाठकले आफु मदन भण्डारीमो चेला भएको भन्दै मर्न परे हाँसेर मर्ने वताएका छन् ।

पाठकको फेसबुक स्टाटस
म ठूला माफिया र दलालहरुको बिरुद्द संसदमा आवाज सहित लडिरहेको छु। सडकमा भुरा माफियाहरुसंग लडिरहेको छु। कहिले मलाई ठेक्दारले मुद्धा हाल्छु भन्छन कहिले बालुवा तस्करले धम्कि दिन्छ्न । म मदन भण्डारीको चेला हुँ । (म आमाले जन्माउदा च्याय गरेर रोएर आएको हुँ) मर्दा हाँसेर मर्छु । म कहिलै प्रहरीसंग सुरक्षा माग्दिन , प्रहरी अघि पछि लागेर हिड्दिन । बाग्लुङका चोकचोकमा एक्लै हिड्छु । मैले जिवनको जोखिम मोलेर राजनितिमा आएको हो । माफियाहरु जे सक्छौ त्यही गर, प्रहरी प्रशासन पनि तिमिहरुले नै किनेका छौ । जहाँ तिमिहरुको बोल बलाउछ।
कालीगण्डकी नदि उत्खनन्लाई व्यवस्थित बनाउन पाठकले आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि उनी विरुद्ध खनिएका छन् । सांसद पाठकले प्रतिनिधिसभा र केहि सञ्चार माध्यममा नदि उत्खननन्को विषयलाई लिएर अभिव्यक्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पाठकको बिरोध भएको हो ।