२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिको आरतीमा राष्ट्रिय गान रोक्न दबाब



अ+ अ-

काठमाडौँ । पशुपतिनाथस्थित वाग्मती किनारामा साँझ हुने गंगा आरतीअघि राष्ट्रियगान गाउनुपर्ने निर्देशन फिर्ता लिन सरकारलाई गरिएको अनुरोध नसुनिएपछि गंगा आरती सेवा सञ्चालक समितिले त्यसको अवज्ञा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ ।

संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले गंगा आरतीको प्रारम्भ राष्ट्रिय गानबाट गर्नुपर्ने निर्देशन दिएपछि भदौ १३ बाट आर्यघाटमा हरेक साँझ राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गान गाउने गरिएको थियो । आरती हुने स्थान नजिकै मृतकहरूको अन्त्येष्टि हुने र शोकाकुल आफन्त असहज परिस्थितिमा रहेको बेला राष्ट्रिय गान गाउन उचिन नहुने समितिको दाबी छ ।

‘पशुपतिनाथको नित्य आरती मूल मन्दिरभित्र हुन्छ, यो सनातनदेखि चल्दै आएको हो, कहिल्यै रोकिँदैन,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले कान्तिपुरसित भने, ‘मन्दिरको आरतीपछि वाग्मती किनारमा गंगा आरती हुन्छ । कोष र पशुपतिनाथ बागमती गंगा आरती परिवारबीचको सहकार्यमा गंगा आरती हुँदै आएको छ ।’

सरकारको आदेशलाई कोषले अवज्ञा नगर्ने उल्लेख गर्दै सदस्यसचिव ढकालले भने, ‘सहकार्यरहेको संस्थाले एकतर्फी अवज्ञा गरेमा सहमतिप्रति पुनर्विचार गर्नुपर्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।