९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानसँगको वार्ता धरापमा



अ+ अ-


वासिङटनः एक वर्षदेखि अफगानिस्तान संकटका समाधानका लागि अमेरिका र अफगान विद्रोही समूह तालिबानसँग जारी शान्ति वार्ता टुंगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताको संभावना नरहेको स्पष्ट गर्नुभयो । तालिबानसँग तत्काल वार्ता हुने सम्भावना छैन, उहाँले भन्नुभयो । दुई दिन अघिमात्र उहाँले तालिबानसँगको वार्ता रद्द गर्नुभएको थियो ।

काबुलमा अमेरिकी दूतावास नजिकै तालिबान समूहले गराएको कारबम बिस्फोटमा एक जना अमेरिकी सैनिकको मृत्यु भएपछि वार्ता अमेरिकाले वार्ता एकपक्षीय रुपमा भंग गरेको थियो ।

१८ वर्षदेखि अफगानिस्तानमा अमेरिका र तालिबानबीच सशस्त्र संघर्ष जारी छ । यस युद्धका कारण हजारौं अफगानी र करिब दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ । अझै पनि दिनहुँ अफगानिस्तानमा सेना, प्रहरी, विद्रोही र सर्वसाधारणको ज्यान जानेक्रम रोकिएको छैन ।

अमेरिकाले अफगानिस्तानमा हाल करिब १४ हजार सेना तैनाथ गरेको छ । यी सेनाले खासगरी अफगान सेनालाई तालिम, परामर्श र हवाई सुरक्षा दिनेछ ।