२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेता गौतमलाई पनि डेंगुको आशंका



अ+ अ-

काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ । सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको थियो उनलाई शनिबारबाट ज्वरो आएको थियो । चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन् ।

गौतम केही समयअगाडि सिंगापुर गएका थिए । उनलाई त्यहीँ संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगु देखिएको थियो । उनको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको छ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा। सन्दुक रुइतलाई पनि डेंगु देखिएको छ । उनी नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

यताः शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ । अस्पतालका लालबहादुर वैबा, शारदा दाहाल, रवीन्द्र अर्याल र डा। असिम कँडेल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई संक्रमण देखिएको हो ।

हालसम्म ६१ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । सरकारी तथ्यांकअनुसार १ साउनदेखि भाद्र २२ सम्म मात्रै तीन हजार आठ सय ९९ बिरामीमा डेंगु संक्रमण भेटिएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।