९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रचण्ड र देउवालाइ भेट्ने



अ+ अ-

काठमाडाैंः नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।

नेपालकाे तीन दिने भ्रमणमा रहनुभएका विदेशमन्त्री वाङ आजै स्वदेश फर्कनुहुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले प्रचण्ड र देउवालाई राजधानीको मेरियट होटलमा बिहान करिब ९ बजे भेट्नु हुनेछ । त्यसपछि चिनियाँ दूतावासको कार्यक्रमा सहभागी हुने वाङ दिउँसो चीनतर्फ प्रस्थान गर्नुहुनेछ ।

उहाँ पाकिस्तानको भ्रमण सम्पन्न गरी नेपाल आउनुभएको थियो ।

नेपालमा रहँदा उहाँले राष्टपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै परराष्ट मन्त्री प्रदीपकुमार ज्ञवालीसँग व्दिपक्षीय भेटवार्ता गर्नु भएको थियो । त्यसक्रममा नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएका थिए । चीनले मुस्ताङमा अस्पताल निर्माण गर्ने, ५ हजार थान पाल उपलब्ध गराउने तथा नेपालमा चिनियाँ भाषा कक्षाहरू संचालन गर्ने सहमति भएको छ ।

यद्यपि विदेशमन्त्री वाङ खासगरी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको संभावनाका बारेमा छलफल गर्न आउनुभएको अनुमान गरिएको छ ।