९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्क हस्तकला प्रदर्शनी मङ्गलबजारमा



अ+ अ-

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन निकै सहयोग गर्ने बताएका छन् ।

सार्क कल्चरल सेण्टरले आयोजना गरेको ‘सार्क हस्तकला प्रदर्शनी’ उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालमा निर्माण भएका सबै प्रकारका बेजोड हस्तकलाका सामग्रीले मुलुकमा अर्थतन्त्र भित्र्याउन एक सहयोगी भूमिका खेलिरहेको र यिनलाई विदेशका विभिन्न मुलुकका साथै नेपालका विकट क्षेत्रमा पनि लोकप्रिय बनाउनुपर्नेमा जोड दिए ।

सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले हस्तकला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुनैपर्ने तथा यसको अध्ययन र अवलोकनमा जोड दिन आग्रह गरे। संस्कृति मन्त्रालय, संस्कृति महाशाखाका उपसचिव मङ्गला प्रधानले नेपालको संस्कृति संरक्षणमा चार दिनसम्म चल्ने निःशुल्क प्रदर्शनीले निकै सहयोग गर्ने विश्वास व्यक्त गरे ।

“सार्क सेन्टरले वर्षैपिच्छे विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ ”, प्रधानले भन्नुभयो, “ गत वर्ष यसै अवसरमा हामीले शास्त्रीय नृत्य प्रदर्शनी गरेका थियौँ ।” ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुर हस्तकला निर्माणको विभिन्न इतिहास बोकी विश्व सामु परिचित भइरहेको जानकारी दिए ।

उनले भने, “ काठमाडौँ उपत्यकाका तीन शहरमध्ये पाटन हस्तकला निर्माणमा अघि रहेकाले केही समयअघि युनेस्कोले यसलाई ३५ औँ हस्तकला नगरी घोषणा गरिसकेको छ ।” प्रदर्शनीमा ३४ कक्ष छन् । हस्तकलाको खुला सङ्ग्रहालय ललितपुर मङ्गल बजारमा भएको प्रदर्शनीमा नेपाल, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश, भुटान र अफगानिस्तानका हस्तकलाकर्मीले भाग लिएका छन् ।