९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप : अफगानिस्तानलाई हराउँदै भारत समूह विजेता



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै भारत समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार समूह ‘ए’ को अन्तिम खेलमा १२५ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ३८.४ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतको जितमा सालिल अरोरा र शाश्वत रावतले समान २९–२९ रन बनाए । त्यस्तै, अर्जुन आजदले २१ रन बनाए ।

अफगानिस्तानका लागि नोर अहमादले चार विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले खराब प्रदर्शन गर्दै ४०.१ ओभरमा सबै विकेटको क्षतिमा १२४ रन मात्रै बनायो । अफगानिस्तानका लागि अविदउल्लाह तानिवालले ३९ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

भारतका लागि सुशान्त मिश्रले पाँच विकेट लिए ।

यता, समूह ‘बी’ बाट आयोजक श्रीलंका र बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर यो समूहको विजेता र उपविजेताको टुंगो भने मंगलबार लाग्नेछ ।