२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोषीलाई कारबाही नगरे फेरि अनशन बस्छु : गंगामाया



अ+ अ-

काठमाडौँ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग राख्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले असोज ३ देखि पुनः आमरण अनशन बस्ने बताएकी छन् ।

उनले अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई १२ दिने अल्टिमेटम दिएकी छन् ।

११ पटक अनशन बसिसकेकी अधिकारीले आइतबार वीर अस्पतालभित्रै पत्रकारसँग कुराकानी गर्दै छोराको हत्याका अभियुक्तलाई कानुनी कठघरामा ल्याउन १२ औं अनशनमा बस्ने बताएकी हुन् । ‘यो छोराको न्यायका लागि अन्तिम लडाइँ हो, सरकारले मेरो छोराको हत्या गर्नेलाई न्यायको कठघरामा उभ्याएन भने १२ दिनपछि आमरण अनशन सुरु गर्छु, नमरेसम्म लडिरहन्छु,’ उनले भनिन् । छोराको हत्याका अभियुक्तलाई कारबाही माग गर्दै अनशन बस्ने क्रममै उनका पति नन्दप्रसादकोमृत्यु भइसकेको छ ।

उनले छोराको हत्यामा संलग्न व्यक्तिलाई पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले कारबाही गर्न नदिएको आरोप लगाइन् । उनले अर्का छोरा नूरप्रसादलाई समेत सरकारले बिनाकारण जेलमा राखेको बताइन् ।

‘एउटा छोराको हत्या गरिएको छ, पतिको ज्यान गएको छ, मेरो यो हालत छ, अर्को निर्दोष छोरालाई पनि जेलमा लगेर राखिएको छ’, उनले भनिन्, ‘मेरो छोरालाई प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष दाहालको खटनले जेल हालिएको छ,’ उनले भनिन् । उनले आफूलाई बाहिर जान नदिएर सरकारले वीर अस्पतालभित्रै नजरबन्दमा राखेको दाबीसमेत गरिन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।