२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेस्टुरेन्टको आवरणमा डकैती



अ+ अ-

काठमाडौं । उपत्यकामा रेस्टुरेन्ट एन्ड बारको आवरणमा डकैती समूह सक्रिय भएको खुलेको छ । प्रहरीले हतियारसहित रात्रिकालीन रेस्टुरेन्ट एन्ड बारका सञ्चालक नै पक्राउ गरेपछि यो तथ्य सार्वजनिक भएको हो । बालाजुस्थित हाई रेस्टुरेन्ट एन्ड डान्स बारका सञ्चालक नुवाकोट विदुर–७ का ३० वर्षीय पिटर तामाङ, गोरखा अजिरकोटका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वर–१ का २९ रामबहादुर तामाङ, नुवाकोट विदुर–१० का २५ वर्षीय धर्मराज तामाङ र धादिङ खनिवास–५ का २७ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँगै गुल्मी इस्मा–५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा छेदिंमो–४ का २९ वर्षीय योर्साङ घले र नुवाकोट तारकेश्वरका ३० वर्षीय राजन तामाङ पनि पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले ७.६२ ब्यारेलका दुईवटा चिनियाँ पेस्तोल, दुईवटा म्यागेजिन, चार राउन्ड गोली र एक किलो नक्कली सुन बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार माछापोखरीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरू बौद्धस्थित एक तिब्बती मूलका व्यापारीको घर लुट्ने योजनामा थिए ।

परिसरका एसपी अशोक सिंहले योजना बनाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताए । उनले भने, ‘आवरणमा उनीहरू रेस्टुरेन्ट व्यवसायी हुन् । उनीहरू राति रेस्टुरेन्ट चलाउँछन् । तर, दिउँसो भने सोही ठाउँमा डकैतीको योजना बनाइरहेको बेला पक्राउ गर्यो ।’

सेनाका भगौडादेखि विप्लव कार्यकर्तासम्म
प्रहरीका अनुसार डकैत समूहमा नेपाली सेनाका भगौडा सिपाहीदेखि नेत्रविक्रम चन्द विप्लव नेकपा समूहका कार्यकर्तासम्म सहभागी रहेको खुलेको छ । पक्राउ परेका कुशल अधिकारी सेनाका भगौडा सिपाही हुन् । सेनामा जागिर खाएको १० वर्षपछि उनी भागेका थिए । त्यसलगत्तै उनी आपराधिक धन्दामा लागेको प्रहरीको भनाइ छ । उनीसँग पक्राउ परेका योर्साङ घले भने विप्लव समूह समर्थित युवा संघका केन्द्रीय सदस्य हुन् । डकैती धन्दाका मुख्य योजनाकार उनै रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । बरामद हतियार विशेष गरी अधिकारी र घलेले नै चलाउने गरेको पनि अनुसन्धानबाट खुलेको प्ररहीको भनाइ छ ।

डकैतीमा प्रहरीको हतियार
डकैत समूहबाट बरामदमध्ये प्रहरीले प्रयोग गर्दै आएको हतियारसमेत छ । प्रहरीले अहिले ७।६२ बोरको चिनियाँ पेस्तोल प्रयोग गर्दै आएको छ । सोही कम्पनीको पेस्तोल उनीहरूबाट बरामद भएको छ । प्रहरीले प्रयोग गर्ने हतियार उनीहरूको हातमा कसरी पुग्यो भन्ने विषय भने खुल्न नसकेको प्रहरीको भनाइ रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।