२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोगसँग लड्दै विपन्न मुसहर



अ+ अ-

सिरहा । धनगढीमाई नगरपालिका–११ स्थित बालुवाटोल मुसहर बस्तीकी ६५ वर्षीया मलभोगियादेवी सदायलाई डेढ महिनाअघि ज्वरो आयो। उनले स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गराइन्। निको भएन। अन्यत्र उपचार गराउन पैसा छैन। उनी अझै घरमै थलिएकी छन्।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै छ। छोराबुहारी मजदुरी गर्छन्। त्यसरी कमाएको पैसा खाद्यान्नमै सकिन्छ। उनीहरूसँग मजदुरीबाहेक अरू सीप छैन। घर पनि ऐलानी जग्गामा छ। ऋण कसैले पत्याउँदैन।

वैशाखमा सोही टोलका सुजित सदायका ४ वर्षीय छोरा करण खाना पकाउन तताउँदै गरेको भाँडोमाथि लडे। जिउभरि पोल्यो। उनलाई उपचार गराउन कतै लगिएन। घाउ दुख्दै गएपछि उनी विद्यालय जान छाडे। तीन दिनपछि दलित जनकल्याण युवा क्लबका प्रेमकुमार राम करणकै घरमा गएर स्वास्थ्य अवस्था बुझे। त्यसपछि समाजसेवी बैजनाथ कार्की र प्रेमकुमार मिलेर उनलाई लहानस्थित राउ स्मारक अस्पताल पुर्‍याए। उनीहरूकै पहलमा क्लब र नगरपालिकाले उपचार खर्च १० हजार रुपैयाँ सहयोग गरे। करणलार्ई १४ दिन उपचार गराएर घर फर्काइएको छ।

‘गरिबीले थिचिएका छौं। मजदुरीबाट थोरै कमाइ हुन्छ। बचत छैन,’ ५७ वर्षीया गौरी सदायले भनिन्, ‘कसरी उपचार गराउनु रु ’ उनले उपचार नपाउँदा धेरै बिरामीले ज्यान गुमाएको बताइन्। टोलमा २२ मुसहर परिवारको बसोबास छ। सबैको घर ऐलानीमा छ। घर साना छन्। भान्सा र सुत्ने ठाउँ एकै ठाउँमा छ। पाहुना आए बाहिरै सुताउँछन्।

गाउँका सबै निरक्षर छन्। २९ बालबालिका कक्षा १, २ र ३ मा जनता आधारभूत विद्यालय नैनपुर सोनापुरमा पढ्छन्। खानेपानीका लागि २२ परिवार एउटा इनारमा निर्भर छ। ‘दिनभर मजदुरी गरेपछि चार सय रुपैयाँसम्म ज्याला पाउँछु। दुई जनाको कमाइले ५÷६ जनाको परिवार चलाउनुपर्छ,’ गौरीले भनिन्, ‘ज्याला मजदुरी गर्ने काम सधैं पाइँदैन। हातमा रुपैयाँ नहुँदा बिरामी परे उपचार गराउन मुस्किल पर्छ।’ गाउँमा ऋण, सापटी खोज्न जाँदा गरिब देखेर कसैले नपत्याउने उनले बताइन्।

आयआर्जनका लागि १२ परिवारले बाख्रा र १० परिवारले बंगुर पालेका छन्। तर चराउने ठाउँ नहुँदा समस्या छ। गाउँबाट एकजना शीतल सदाय वैदेशिक रोजगारमा गएका छन्। सरोज, अरोज र अनिलले पासपोर्ट बनाएको वर्ष दिन बिते पनि उनीहरूसँग विदेश जान चाहिने पैसा छैन। सिबो सदायले भनिन्, ‘गाउँका मान्छेले ऋण पत्याउँदैनन्।’ गाउँमा सामान्य विवाद हुँदा पनि अन्य समुदायले ऐलानी जग्गाबाट भगाइदिने धम्की दिँदै आएको उनले सुनाइन्।

‘हरुवाचरुवा प्रथा हट्यो तर, हामीले सधैं व्यवहार भोग्नुपरेको छ,’ सियाराम सदायले भने, ‘बिरामी हुँदा पनि ठूलाबडा मान्छे काम गर्न दबाब दिन घरमै आउँछन्।’

६५ वर्षीया विन्दा सदायले वर्षौंदेखि दुःख र हेपाइ सहँदै आएको बताइन्। ‘गरिबको दुःखमै जन्म र मृत्यु हुने गरेको छ,’ उनले भनिन्, ‘हाम्रो दिन कहिले फेरिएला ? अन्य समुदाय र व्यक्तिले त हामीलाई हेपेकै छन्।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।