२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याकरले तीन करोड ५८ लाख चोरेको ठहर



अ+ अ-

काठमाडौं । एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपैयाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ। समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो। तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा उल्लेख नभएको राष्ट्र बैंकका अधिकारीले बताएका छन्।

समितिले कुन बैंकबाट कति रकम लुटियो भन्ने विवरण भने बुझाएको छ। तर यसको क्षतिपूर्ति कसरी हुन्छ भन्नेमा प्रतिवेदनमा उल्लेख नभएको रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। नेप्सका अधिकारीले भने बुधबार रातिदेखि नै फरेन्सिक अनुसन्धान थाल्ने तयारी रहेको बताएको छ।

साइबर सुरक्षा विज्ञले भने फरेन्सिक अनुसन्धानबाट पनि ह्याकर पहिचान गर्न वा कसरी ह्याक भयो भन्ने प्रमाण भेट्टाउने विस्वसनीय आधार नभएको बताएका छन्। ‘ह्याकर यति बाठा हुन्छन् की, त्यस्ता विवरणको भण्डारण हुने ठाउँसम्म पुगेर ह्याकिङका प्रमाण नास गर्छन्’ ,साइबर सुरक्षाका जानकार नारायण कोइराला भन्छन्, ‘एउटा सर्भरमा काम गरिएका सबै विवरण अरु सर्भरमा सुरक्षित हुने व्यवस्था गरिएको रहेछ भने मात्रै फरेन्सिक अध्ययनबाट प्रमाण भेट्टाउने सम्भावना हुन्छ।’

उनी नेपालमा धेरैले यस्तो अतिरिक्त सर्भरको व्यवस्था गर्ने प्रचलन नभएको बताउँछन्। ‘तर १७ वटा बैंकको भुक्तानी प्रणालीलाई नियन्त्रण गर्ने नेप्ससँग यस्तो प्रणाली होला भन्नेमा आशावादी छु’, कोइरालाले भने। नेप्सले भने प्राविधिक व्यवस्थाका बारेमा स्पस्ट पारेको छैन। समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।