२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिका सबै गाडीमा प्राविधिक समस्या



अ+ अ-

काठमाडौँ । संसदीय समितिका सभापतिहरूका लागि किनिएका सबै नयाँ गाडीमा प्राविधिक समस्या देखिएको छानबिन समितिले जनाएको छ । १५ दिनको छानबिनपछि समितिले मंगलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउँदै गाडीमा कुनै न कुनै प्रकारको प्राविधिक समस्या देखिएको जनाएको हो ।

संसद् सचिवालयले किनेका गाडी एक महिनामै बिग्रिएपछि सभामुख महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए । ‘समस्या नभएको एउटै गाडी छैन, सबैमा प्राविधिक समस्या छ,’ बिडारीले भने, ‘तीनवटा गाडीमा मुख्य समस्या देखिएको छ ।’

एउटा गाडीको ब्याक गियर बक्स बिग्रिएकाले सचिवालयले थन्क्याएर राखेको उनले बताए । प्रमुख समस्या देखिएका गाडीमा ठूलो आवाज आएर थर्किने, सिलिङ हल्लिने र गियरमा खुट्टा राख्दा र छाड्दा अर्कै आवाज आउने गरेको उनले जानकारी दिए । नयाँ गाडीमा गियर, स्टार्ट, झ्याल–ढोकाका सिसा खोल्न, लगाउन गाह्रो र वाइफरको समस्या देखिएको सभापतिहरूले गुनासो गरेपछि छानबिन गरिएको हो ।

छानबिन समितिका सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट थिए । शाहले समय दिन नसक्ने भएपछि चार जनाले छानबिन गरेको महराले बताए । महराले प्रतिवेदन बुझ्दै प्राविधिक बाहेकको त्रुटि फेला नपरेको आफूले जानकारी पाएको बताए ।

‘छानबिन समितिले मलाई बताएअनुसार ठूलो प्रक्रियागत कमजोरी देखिँदैन, प्राविधिक त्रुटि देखिन्छ,’ महराले भने, ‘म यसको अध्ययन गरेर थप के प्रक्रिया अगाडि बढाउन सकिन्छ, त्यो गर्छु ।’ संसद् सचिवालयले १६ वटा समितिमध्ये पछिल्लो लटमा ११ सभापतिलाई गाडी खरिद गरेको हो । पहिलो लटमा ५ सभापतिलाई उपलब्ध गराइएको थियो ।

सचिवालयले दुवैपटक सबै गाडी महिन्द्राको नेपालस्थित अधिकृत बिक्रेतासँग किनेको हो । पछिल्लो लटका सबै गाडीमा स्पिकर बिग्रिएको थियो, जुन विक्रेता कम्पनीले संसद् सचिवालयमा आएर फेरेको थियो । कपडाले गाडी पुछ्दा हातमै रातो लाग्नेसमेत भेटिएको थियो ।

बिग्रेको एउटा गाडीलाई विक्रेता कम्पनीले सचिवालय परिसरबाट आफ्नो वर्कसपमा लगेर तीन दिनपछि सचिवालय परिसरमा ल्याई राखिदिएको थियो । छानबिन समितिले मेकानिकल इन्जिनियर, सार्वजनिक खरिद अनुगमन कार्यालयबाट विज्ञ, गाडी आपूर्ति कम्पनी र खरिदमा संलग्न कर्मचारीलाई बोलाएर अध्ययन गरेका थियो । बिडारीले स्पिकर फेर्ने र खरिदमा संलग्न कर्मचारीलाई सचेत गराउने बताए ।

आर्थिक चलखेल देखिएन
छानबिन समितिले गाडी खरिदमा आर्थिक चलखेल भयो भनेर कागजबाट नदेखिएको बताएको छ । ‘मलाई एउटा गाडी किन्दा कम्पनीले एकरडेढ लाख रुपैयाँ छुट दिन्छ,’ बिडारीले भने, ‘सचिवालयले किन्दा चाहिँदो रहेनछ, टेन्डरबाट गरेर दिएन होला भनेर बुझ्नुपर्‍यो,’ बिडारीले थपे, ‘आर्थिक चलखेल भयो भन्ने कुरा कागज जाँचबाट देखिँदैन ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।