२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यनिरूपण र बेपत्ता आयोग अझै खाली, प्रधानमन्त्रीको प्रतिबद्धता भएन पूरा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले १ भदौमा संसद्मा सम्बोधन गर्दै सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग एक हप्ताभित्र गठन हुने बताएका थिए । तर, दुई हप्ता बितिसक्दा पनि आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिले नाम सिफारिस गर्न सकेको छैन ।

सत्तारुढ नेकपाकै प्रमुख सचेतक देव गुरुङ, सांसद एवं पूर्वमन्त्री जनार्दन शर्मालगायतले संसद् बैठकमा पटक–पटक यी दुई आयोग गठन र तिनका कामकारबाहीबारे चासो व्यक्त गर्दै आएका थिए ।

१ भदौको बैठकमा प्रधानमन्त्री ओलीले द्वन्द्वका घाउ बाँकी नै रहनु र तिनलाई सम्झेर कतै चित्त दुख्ने कतै घाउ चहर्याउने स्थिति हुनु उपयुक्त नहुने बताएका थिए । दुवै आयोगका पदाधिकारी नियुक्त गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।