८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ: मुख्यमन्त्री भट्ट



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको शहीद स्मृति आवासी विद्यालय राजपुरको आज अनुगमन गर्दै मुख्यमन्त्री भट्टले विद्यार्थी पढाउनमा कुनै हेलचक्रयाइँ नगर्न शिक्षकहरुलाई निर्देशनसमेत दिएका छन् ।

निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले पढाइमा लापरवाही गर्ने शिक्षकलाई तत्काल कारवाही गर्ने बताए । दश वर्षे जनयुद्धका बेला शहीद भएकाहरुका छोराछोरी र विपन्न सामुदायका छोराछोरीहरु अध्ययन गर्ने उक्त विद्यालयको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने मुख्यमन्त्री भट्टले आश्वासन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवरले जानकारी दिए ।