८ असार २०८३, सोमबार
,
Latest
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा पत्रकारको हत्या



अ+ अ-

टोलुका । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।

मेक्सिकोका सरकारी वकीलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेका निलडाम रहेको उल्लेख छ । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमुखको रुपमा नेभिथ कार्यरत थिए ।

उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ । उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए ।

सन् २००० यतामात्र मेक्सिकोमा करिब १०० जना पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थको अवैध कारोबार र राजनीतिक भ्रष्टाचारका कारण पत्रकारमाथि बारम्बार आक्रमण हुने गरेको छ । मेक्सिकोमा अधिकांश हत्याका घटनाको ठोस अनुसन्धान र दोषीमाथि कारबाही विरलै हुने गरेको छ ।