८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान



अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन् । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उहाँ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गरेका हुन् ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ गएका हुन् । बेलायत बसाइका क्रममा उनले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा लगानीका लागि नेपालीहरूलाई आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउने बताईएको छ ।

मुख्यमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने उनका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताए ।मुख्यमन्त्री गुरुङ यही भदौ १४ गते स्वदेश फर्कर्ने कार्यक्रम रहेको छ ।