८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको आक्रमणमा तीन प्रहरी मारिए



अ+ अ-

जलालाबाद । अफगानिस्ताानको पूर्वी प्रान्त नान्र्गाहारको खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले शुक्रबार पुष्टि गरेको छ ।

यद्यपी तालिबान लडाकू समूहले गरेको आक्रमणपछि प्रहरीले गरेको जवाफी कारबाहीमा पाँच लडाकू पनि मारिएका छन । सो आक्रमणमा परी तीन अफगान स्थानीय प्रहरीको मृत्यु भएको जनाइएको छ । तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी दुई प्रहरी र आठ तालिबान लडाकू घाइते भएका पनि प्रवक्ताले बताएका छन् ।

यस युद्धग्रस्त देश अफगानिस्तानमा रहेको ३४ ओटा प्रान्तमा २० भन्दा बढीमा तालिबान लडाकू समूहले गत अप्रिलको शुरुबाट द्वन्द्व जारी राखेका छन् । गत अप्रिलमा सोही समयबाट तालिबान लडाकू समूहले सुरक्षा अधिकारी र सरकारविरुद्ध भीषण आक्रमण गर्ने घोषणा गरेका थिए ।