८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुका हाडखोरको कारोबार बन्द गर्न अफ्रिकी मुलुकको आग्रह



अ+ अ-

जेनेभा । स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय वन्यजन्तु सम्मेलनका क्रममा दर्जनौं अफ्रिकी मुलुकहरुले जापान समक्ष जोखिममा पुगिसकेका हात्तीका हाडखोरको स्थानीय बजार बन्द गर्न आग्रह गरेका छन् । हाडखोरको कारोबारमा जापानी बजार विश्वमै अग्रपंक्तिमा आउँछ । जापानको बजारमा हात्तीका हाडखोर खुलेआम किनबेच हुने गरेको छ ।

हात्ती बचाऊ सम्बन्धी अफ्रिकाका ३२ वटा मुलुकको अफ्रिकी हात्ती गठबन्धन (अफ्रिकन इलिफेन्ट कोएलिसन) ले अन्तर्राष्ट्रिय व्यापारका कारण उत्पन्न त्रासबाट हात्ती जोगाउन यस्तो आग्रह गरिएको हो । जेनेभामा हाल साइटिसको १८औं सम्मेलन जारी छ ।
अफ्रिकी गठबन्धनले जापानी बजारका कारण हात्तीका हाडखोरको अवैध कारोबार बढेको जनाएको छ ।

विश्व बजारमा हात्तीका हाडखोरको बढ्दो अवैध कारोबारले अप्रत्यक्ष रुपमा अफ्रिका र अरु मुलुकमा हात्ती मार्नेक्रम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । अफ्रिकी गठबन्धनले जापान समक्ष चीन, फ्रान्स, लग्जेम्बर्ग, सिंगापुर र अरु मुलुकको जस्तै उदाहरण प्रस्तुत गर्न आग्रह गरेको छ । सन् २०२० को टोकियो ओलम्पिक्स अघि नै जापानले हात्तीका हाडखोरको कारोबार बन्द नगरे जापान घुम्न आउने लाखौं पर्यटकले हात्तीका हाडखोरबाट बनेका सामान अझ बढी खरिद गर्ने सम्भावना रहने अफ्रिकी मुलुकको चिन्ता छ ।

अफ्रिकामा हरेक दिन औसतमा ५५ वटा हात्तीजस्तै विशाल जनावर मारिने गरेको गठबन्धनको भनाई छ । समयमै हात्तीको संरक्षण गर्नेतर्फ ठोस पाइला नचाले हाम्रै जीवनकालमा यी जनावर विलुप्त हुनेछन् । विश्वका सबैजसो मुलुकले हात्तीका हाडखोरका बजार बन्द गरिसकेका छन् ।अफ्रिकामा अवैध रुपमा हात्ती मार्नेक्रम प्रमुख समस्याका रुपमा रहेको छ । साइटिसका अनुसार अफ्रिकी हात्तीको संख्या विगत २५ वर्षमा ज्यादै बढेको छ ।

सन् २००६ देखि २०१५ का १० वर्षको अवधिमा एक लाख ११ हजार वटा हात्ती मारिएका छन् ।
साइटिसले हात्ती समेतका अरु जोखिममा रहेका जनावरका हाडखोरको खुलेआम बिक्री र ओसारपसार रोक्न विश्वव्यापी अभियान नै चलाएको छ ।