२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर कपको उपाधि लिभरपुललाई



अ+ अ-

काठमाडौं । लिभरपुलले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराउदै युइएफए सुपर कपको उपाधि जितेको छ।

टर्कीको इस्तानबुलमा भएको खेलको निर्धारित र थप समयको खेल २-२ गोलको बराबरीमा रोकिदा त्यसपछि भएको पेनाल्टी सुटआउटमा लिभरपुल ५-४ ले विजयी भयो।

पेनाल्टीमा लिभरपुलका गोलकिपर एड्रियनले चेल्सीका टमी अब्राहमको पेनाल्टीलाई विफल पारिदिएका थिए। टमी पाँचौ नम्बरमा पेनाल्टी प्रहार गर्न आएका थिए।

त्यसअघि लिभरपुलका लागि मोहमद सलाह, रोबर्टो फिर्मिनो, फाबिन्हो, ओरिगी र अलेक्जेन्डर अर्नोल्डले गोल गरेका थिए।

चेल्सीका लागि मासन माउन्ट, रोस बार्कली, जोर्गिन्हो र इर्मसनले गोल गरेका थिए।

ओलिभर जिरुडले ३६ मिनेटमा गोल गरेपछि चेल्सीले पहिले अग्रता लियो। तर साडियो मानले ४८ मिनेटमा बराबरी गोल फर्काए।

९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा मानेले ९५ मिनेटमा गोल गरेर लिभरपुललाई अग्रता दिलाए। तर १०१ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गरेपछि चेल्सीले खेल बराबरीमा ल्याएको थियो।