७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री खान भन्छन्: ‘भारतमा बीजेपीले हिटलरको बाटो रोज्यो’



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) ले विगतमा जर्मनीको नाजी पार्टीले जस्तै जातीय श्रेष्ठतावादी विचारधारा बोकेर अघि बढिरहेको आरोप लगाएका छन्।

भारतले जम्मू–कश्मीरको विशेष हैसियत खोसेको विषयमा छलफल गर्न डाकिएको पाकिस्तानी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले कश्मीरका जनतालाई बराबरी नसम्झिएको र त्यसकारण ती निरन्तर दबाइने गरिएको बताएका हुन्।

उनको टिप्पणीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन। कश्मीरको स्वामित्व पाकिस्तानले पनि दाबी गर्दै आएको छ।

पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाज्वाले उक्त विवादित क्षेत्रका मानिसलाई समर्थन गर्न सेना जुनसुकै हदसम्म जान सक्ने चेतावनी दिएका छन्।यसैबीच भारतको लोकसभा र राज्यसभाले जम्मू–कश्मीर पुनर्गठन विधेयक पारित गरेका छन्।

लोकसभामा पक्षमा ३७० र विपक्षमा ७० मत खसेको बताइएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस आईका कैयौँ नेता पार्टीको अडानविरुद्ध गएका छन्।भारत सरकारले सोमवार जम्मूकश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि शुरू भएको बहस जारी छ।