७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

करीब छ लाख मूल्य बराबरको मरिच बरामद



अ+ अ-

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित तीन घरबाट तस्करीका लागि राखिएको अवस्थामा प्रहरीले गए राति करीब छ लाख मूल्य बराबरको मरिच बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मटिहानी नपा–८ को तीन जनाको घरबाट गए राति करीब रु पाँच लाख ७० हजार मूल्य बराबरको ३८ बोरामा राखिएको ९५० किलो मरिच बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मटिहानी नपा–८ बस्ने रहिम लहेरीको घरबाट २५० किलोे, त्यस्तै जवान दर्जीको घरबाट ४७५ किलो र हकिम दर्जीको घरबाट २२५ किलो मरिच बरामद गरेको जनाएको छ । बरामद मरिच आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।