७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ओमानमा टी-२० क्रिकेट सिरिज खेल्ने



अ+ अ-

काठमाडौं । नेपालले ओमान क्रिकेट संघको आयोजनामा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ ।

ओमानले टी–२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै पाँच देशको सहभागितामा यहि अक्टोबरमा टी–२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दैछ । यो सिरिजमा नेपालले पनि भाग लिन लागेको नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए ।

विश्वकपको ग्लोबल छनोटमा पुग्ने टिमलाई समेटेर सिरिज आयोजना गर्ने ओमानको योजना थियो । तर, नेपाल भने विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल बन्यो । सिरिजमा आयोजक ओमानसँगै आयरल्यान्ड, नेदरल्यान्ड र हङकङ छन् । त्यस्तै, नेपालले पनि खेल्ने टुंगो लागेमा पाँच राष्ट्र हुनेछन् ।

तर नेपालले खेल्ने नखेल्ने विषयको टुंगो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाउने छ ।