७ असार २०८३, आईतवार
,
Latest
सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छ–डा. लिली थापासुकुम्बासी चिउरा… साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक कालोपत्रे नगरेको विरोधमा बौद्धमा फेरि आन्दोलन



अ+ अ-

काठमाडौं । लामो समयदेखि निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले पुनः यातायात अवरूद्ध पारेका छन्।

चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले मंगलबार प्रदर्शन गरेका हुन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले केही घन्टा यातायात समेत अबरुद्ध पारे । प्रर्दशनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

यसअघि २६ वैशाखमा पनि सडक कालोपत्रे गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । तत्काल सडक मर्मत गर्ने सहमतिपछि आन्दोलन मत्थर पारिएको थियो ।सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको भन्दै मागको तत्काल सुनुवाइ हुनुपर्ने उनीहरूको माग छ।