७ असार २०८३, आईतवार
,
Latest
सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छ–डा. लिली थापासुकुम्बासी चिउरा… साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” ल्यायो



अ+ अ-

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” ल्याएको छ । १६–१८ सम्म प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रिय तथा शाखा प्रबन्धक सम्मेलनको अवसरमा सार्वजनिक गरेको थियो ।

यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन । उक्त योजना सार्वजनिक भए सँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कुरा कम्पनीले जनाएको छ ।

यस योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरीएको छ । दावी भुक्तानी माग गर्दाको अवस्थामा स्वास्थ्य उपचारको रसिद पेश गर्नु पर्ने झन्झटबाट मुक्त हुने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जानकारी दिए ।