७ असार २०८३, आईतवार
,
Latest
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गयो



अ+ अ-

काठमाडौं । अमेरिकाको ओहायो राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको छ ।

बन्दुकधारीले डेयटन शहरको एक बार अगाडी गोली चलाउँदा अरु १६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

आइतबार बिहान सवा तीन बजे बन्दुकधारीले जथाभावी गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरी अधिकारीले गोलीकाण्डमा बन्दुकधारीको समेत ज्यान गएको जनाएका छन् । अहिले प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको र त्यस वरपरका मानिसहरुलाई सतर्क रहन आह्वान गरेको छ ।

आक्रमणको उद्देश्यबारे अनुसन्धान भइरहेको बताइएको छ । बन्दुकधारीको पहिचानबारे कुनै विवरण सार्वजनिक भइसकेको छैन ।

ओहायो राज्यको डेयटनमा गोली चल्नु केही घण्टाअघि मात्र टेक्सस राज्यको एल पासो शहरमा बन्दुकधारीले गोली चलाउँदा २० जना मारिएका थिए । एल पासो शहरमा रहेको वालमार्ट स्टोरमा भएको आक्रमणमा संलग्नलाई भने प्रहरीले नियन्त्रणमा लिएको थियो ।